मंगलबार, ११ वैशाख २०८१

गरिमा विकास बैंकका ग्राहकहरुलाई ब्लुक्रस हस्पिटलमा विशेष छुट

समयपोष्ट २०७९ जेठ ११ गते १६:४०

Advertisement

गरिमा विकास बैंक लिमिटेड र त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटल बिच विभिन्न स्वास्थ्य सेवामा छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता अनुरुप, ब्लुक्रस हस्पिटलले यस विकास बैंकका मोबाईल बैंकिङ तथा डेविट कार्ड प्रयोगकर्ताहरुलाई स्टाण्र्डड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिीनिङ्ग प्याकेजमा ४५% सम्मको छुट प्रदान गर्नेछ ।

बैंकका ग्राहकहरुले अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

हाल, यस विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय एवं ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री