शनिबार, ८ वैशाख २०८१

पाँच सचिवको सरुवा

समयपोष्ट २०७९ जेठ ११ गते १६:११

Advertisement

सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत प्राविधिकतर्फका पाँच सचिवको सरुवा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पाँचजना सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठको राष्ट्रिय सर्तकता केन्द्रमा, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत मणिराम गेलालको खानेपानी मन्त्रालयमा, राष्ट्रिय सर्तकता केन्द्रका सचिव सुशिलचन्द्र तिवारीको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा र नेपाल ट्रष्टको कार्यालममा कार्यरत गोपालप्रसाद सिग्देलको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री