शुक्रबार, १६ चैत २०८०

एनआईसी एशिया बैंकद्वारा राठीलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

समयपोष्ट २०७९ जेठ १० गते १८:५१

Advertisement

एन आई सी एशिया बैंक लिमिटेडले सन्तोष कुमार राठीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहनुभएका उहाँलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ को इ.प्रा.निर्देशन नं. ६/०७८ को बुँदा नं. ७ (१) (छ) मा भएको व्यवस्था बमोजिम बैंकको आईतवार बसेको सञ्चालक समितिको ५४५ औं बैंठकले
२०७९ श्रावण १ देखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

२०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको सेवामा जोडिनुभएका सन्तोष कुमार राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनुभएको हो ।

समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गर्नुभएका सन्तोष कुमार राठीलाई अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रुपान्तरणमा पु¥याउनु भएको अतुलनीय योगदानको कदर एवं उच्च मूल्याङ्कन गर्दै बैंकले उहाँलाई नायब प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो । नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगाल्नुभएको राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएको छ ।

‘उहाँको यस नियुक्तीले बैंकले आगामी दिनमा अझ उन्नत उचाई हासिल गर्ने पूर्ण विश्वासका साथ उहाँलाई हार्दिक बधाई दिँदै सम्पूर्ण बैंक परिवार उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।’ नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी)सुधिर नाथ पाण्डेद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री