बुधबार, १२ वैशाख २०८१

बिद्यार्थीलाई बेड सेयर नगरे स्कुलबाट निकाल्ने धम्की, सेन्ट लरेन्सका कोअर्डीनेटर तथा एमाले नेता पक्राउ

समयपोष्ट २०७९ जेठ १० गते १४:१९

Advertisement

काठमाडौँको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका कोअर्डीनेटर जनार्दन अधिकारी छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

नेकपा एमालेका नेतासमेत रहेका अधिकारीको घर काभ्रे हो ।

उनी पूर्व सञ्चारमन्त्रीको मिडिया विश्लेषकका पनि नियुक्त भएका थिए । नेकपा एमालेको काभ्रे जिल्ला समितीले उनलाई २०७४ मा प्रदेश सभा सदस्यमा सिफारिस गरेको थियो ।

सेन्ट लरेन्स कलेजका विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कोअर्डिनेटर अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले यतिबेला प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् । दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् ।

अधिकारीले आफूसँगै सुत्न र त्यसो नगरे रेस्टिकेट परिदिनेसम्मको धम्की दिइएको विद्यार्थीहरूले दाबी गरेका छन् । कोअर्डिनेटर अधिकारीले पीडित बालिकालाई जबरजस्ती क्याफेमा लगेर संवेदनशील अङ्ग छोएको, आफ्नै घरमा बस्न दबाब दिएको लगायतका आरोप लगाएका छन् ।

किशोरीले विद्यालय जाँदा स्कर्ट लगाउँदा पनि स्कर्टका सम्बन्धमा अश्लील र भद्दा कमेण्ट गर्ने गरेको र फेसबुकमार्फत पनि बारम्बार यौन हिंसा गरेको विद्यार्थीले आरोप लगाएका छन् । माध्यमिक तहमा सामाजिक विषयका शिक्षक समेत रहेका अधिकारीले कक्षा ११ र १२ का मात्रै नभएर साना बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री