मंगलबार, ११ वैशाख २०८१

मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम पारित

समयपोष्ट २०७९ जेठ १० गते १२:२६

Advertisement

मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । उक्त नीति तथा कार्यक्रम दिउँसो ४ बजे संघीय संसदमा पेस हुँने छ ।

दिउँसो चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने छिन् ।

जेठ १० गते नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । आज प्रस्तुत हुने नीति तथा कार्यक्रमहरू नयाँ उद्योग स्थापना र आत्मनिर्भर अर्थतन्त्रमा केन्द्रित रहेको बताइएको छ । आधुनिक कृषि र स्वदेशी वस्तु उत्पादन वृद्धिलगायतका विषय पनि यसमा समेटिएको छ ।

जेठ १५ गते नयाँ बजेट आउँदै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री