शनिबार, ८ वैशाख २०८१

मनोज पाण्डेलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

समयपोष्ट २०७९ जेठ ९ गते १७:०६

 

Advertisement

जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि अनुसन्धान अघि बढाउन ५ दिनको समय दिएको छ ।

बलात्कारको आरोप लागेका पाण्डेविरुद्ध हदम्याद गुज्रिएका कारण प्रहरीले मानव बेचबिखन कसुरमा अनुसन्धानका लागि म्याद लिएको हो ।

शनिबार पक्राउ परेका पाण्डेलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो ।

सौन्दर्य प्रतियोगिताको नाममा युवतीलाई बलात्कार गरेको आरोप उनीमाथि छ । सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन–०६४ अनुसारको कसुरमा जाहेरी दिएकी छन् । पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयानसमेत दिइसकेकी छन् । जिल्ला अदालत काठमाडौंबाट युवतीको बयान प्रमाणित पनि भएको छ । बयान प्रमाणित भएसँगै सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन जिल्ला प्रहरी परिसर काठमाडौंले आरोपीलाई अदालत लगेको थियो ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपरा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौंको एभरेष्ट होटलमा आफुलाई बन्धक बनाएर पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री