बिहीबार, १३ वैशाख २०८१

सुरु भयो पढाइ विद्यार्थी भने रित्तै

पत्रपत्रिका २०७९ जेठ ७ गते ६:२५

Advertisement

नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन छन् । सरकारी र निजी दुवैतर्फबाट उहिल्यै छापिनुपर्ने पाठ्यपुस्तक अझै छापिएका छैनन् ।

पुस्तक छाप्ने बेलामा सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र स्थानीय तह निर्वाचनको मतपत्र छपाइमा व्यस्त रहेकाले यस्तो अवस्था आएको हो । त्यस्तै निजी प्रकाशकले पनि कागजको मूल्य बढेको भन्दै पाठ्यपुस्तक छाप्न आनकानी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । यस्तो समस्या हरेक वर्ष दोहोरिँदै आएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् ।

अहिले सामुदायिक र निजी दुवै विद्यालयमा पाठ्यपुस्तकको चरम अभाव छ । वैशाखदेखि नै विद्यार्थी विद्यालय जान थालेका छन् तर पुस्तक पाएका छैनन् । जनक शिक्षाले यस वर्षका लागि कक्षा ४ देखि १० सम्मका विद्यार्थीको पाठ्यपुस्तक छाप्ने जिम्मा पाएको छ । बाँकी कक्षाका पुस्तक छाप्ने जिम्मा निजी मुद्रकलाई दिइएको छ । केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार कक्षा ४ देखि १० सम्मका विद्यार्थीका लागि करिब एक करोड ८५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने छ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री