भरतपुरमा निरन्तर अग्रता बढाउँदै रेनु दाहाल
समयपोष्ट
२०७९ जेठ ७ गते ६:१०
भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ३९९७ मतको अग्रता बनाएकी छिन् ।
कुल ६४ हजार १७५ मत गणना हुँदा रेनुले २४६६० मत पाएकी हुन् ।
एमालेका विजय सुवेदीले २०६६३ तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८८४० मत पाएका छन् ।
यस्तै उपमेयरमा चित्रसेन अधिकारीले २६७९४ मत तथा राप्रपाकी हिमला गुरुङले १६१६९ मत पाएका छन् ।
प्रतिक्रिया