मंगलबार, १४ असार २०७९

काठमाडौं-६ मा कांग्रेसको प्यानल नै विजयी

समयपोष्ट २०७९ जेठ ६ गते २१:४४

Advertisement

काठमाडौं महानगर वडा नम्बर ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा भुवन लामासहित प्यानल नै विजयी भएको हो । उनले ३८१६ मत पाए । एमालेका वसन्त लामाले २७३५ मत पाए ।

वडाध्यक्षमा जित हात परेपनि मेयरमा भने सो वडामा स्वतन्त्र उम्मेदवार बालेन साहले नै अत्याधिक मत पाएका छन् । उनले ३४७४ मत पाए ।

कांग्रेसकी सिर्जना सिंहले २२०४ र एमालेका केशव स्थापितले १७४५ मत पाए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री