शनिबार, ८ वैशाख २०८१

अमेरिकी उपमन्त्री जिया काठमाडौंमा

समयपोष्ट २०७९ जेठ ६ गते १८:०७

Advertisement

नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उज्रा जिया नेपाल आइपुगेकी छन् ।

उनी भारतको नयाँदिल्ली हुँदै तीन दिने भ्रमणका लागि शुक्रबार करिब ३ बजे दिउँसो एयर इन्डियाबाट काठमाडौं आइपुगेकी हुन् । उनलाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरु र अमेरिकी राजदूतावासका अधिकारीहरुले स्वागत गरे ।

उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्चस्तरीय भ्रमण हो । नेपालले एमसीसी सम्झौता अनुमोदनसँगै नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औं वर्षगाँठ मनाइरहँदा उनको नेपाल भ्रमण भएको हो ।

जियाले नेपाल भ्रमणको दौरानमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासहित अन्य उच्च अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको छ । उपमन्त्री जियाले गृह मन्त्री बालकृष्ण खाँण र मुख्य–सचिव शंकरदास वैरागीसँग पनि भेटवार्ता गर्ने छिन् ।

जिया नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग यूएसएआईडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि आएकी छन् । जियाको नेपाल र भारत भ्रमण मानवअधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ सुदृढ बनाउन र मानवीय प्राथमिकता अगाडि बढाउन केन्द्रित रहने विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री