शुक्रबार, १६ चैत २०८०

समातिए मतपेटिका लुटेरा

समयपोष्ट २०७९ जेठ ६ गते १६:४६

Advertisement

प्रहरीले रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले यमुनामाई गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षीय चन्देश्वर बैठालाई पक्राउ गरेको हो ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका दिन यमुनामाई गाउँपालिका वडा नम्बर २ स्थित श्री मावि भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रबाट मतपेटिका लुटपाट भएको थियो ।

मतदान स्थगित भएको अवस्थामा एक समूह मतदान केन्द्रभित्र प्रवेश गरी सुरक्षाकर्मीको पहुँचमा रहेको मतपेटीका लुटेर फरार भएको थियो ।

प्रहरीले सो घटनाका मुख्य अभियुक्त चन्देश्वर बैठा भएको दाबी गरेको छ । अभियुक्तलाई घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बैठामाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री