शुक्रबार, १६ चैत २०८०

एनएचसीएलमा थप ४ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध

समयपोष्ट २०७९ जेठ ५ गते १९:०४

Advertisement

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरतादिदै सो प्रणालीमा थप १ विकास बैंक र ३ वित्त कम्पनी आबद्ध भएका छन् । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उपलब्ध गराएको कनेक्ट आरटीजीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् ।

मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, समृद्धि फाइनान्स, तथाश्री इन्भेष्ट्मेन्ट एण्ड फाइनान्स थपिएका छन् । यसअघि २४ वटा वाणिज्य बैंक, ९ वटा विकास बैंक र ८ वित्तकम्पनीमा यो प्रणालीमा आबद्ध भइसकेका छन् ।

आरटीजीएस प्रणालीमा रहेका बैंक÷वित्तीय संस्थामध्ये ४६ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटीजीएसमार्फत सो प्रणालीमा जोडिएका हुन् ।

आरटीजीएस प्रणालीमार्फत २ लाखभन्दा माथिका र तत्काल गरिने भुक्तानीहरू अब यी विकास बैंक र वित्त कम्पनीहरूका ग्राहकहरू वा अन्तर बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ ।

ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालू आर्थिक वर्षको चैत्र मसान्तको तथ्याङ्क अनुसार आरटीजीएस प्रणालीमार्फत ने.रु.४३.४ खर्ब बराबरको ६५,३७६ भुक्तानी कारोबारहरू फर्छ्यौट भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री