बिहीबार, १३ वैशाख २०८१

प्रति तोला ९०० रुपैयाँले घट्यो सुन

समयपोष्ट २०७९ जेठ ४ गते १२:२६

Advertisement

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर ९५ हजार ८०० तोकिएको छ ।

पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार २०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०ले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ ।–

प्रतिक्रिया

सम्बन्धित सामाग्री