शनिबार, ८ वैशाख २०८१

२६.९२ प्रतिशतले बढ्यो राष्ट्रिय बीमा कम्पनीको खुद नाफा

समयपोष्ट २०७९ वैशाख २९ गते ११:२९

Advertisement

राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको यहि अवधिको तुलानामा २६.९२ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले २७ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि २६.६७ प्रतिशतले बढेर २४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १९ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन वापत १५ करोड १९ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १२ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ३१ करोड ९८ लाख रुपैयाँ र बीमा कोषमा २ अर्ब ६० करोड १५ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७१ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ १३४५ रुपैयाँ ८ पैसा र मूल्य आम्दानी अनुपात १३३.०५ गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री