शुक्रबार, ७ वैशाख २०८१

१०.९० प्रतिशतले बढ्यो सूर्या लाइफको खुद बीमाशुल्क

समयपोष्ट २०७९ वैशाख २९ गते ११:२३

Advertisement

सूर्या लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ५८ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १०.९० प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ७१ करोड ८० लाख रुपैयाँ र बीमालेख धितोमा १ अर्ब ७८ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरी १० करोड २४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा भने ३८.४६ प्रतिशतले घटेर १५ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २४ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५९ करोड ४६ लाख रुपैयाँ, बीमा कोषमा १३ अर्ब ३५ करोड ५८ लाख रुपैयाँ र महावित्ती कोषमा १५ करोड २८ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ३१ पैसा र मूल्य आम्दानी अनुपात ८४.१५ गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री