बुधबार, १२ वैशाख २०८१

प्राइम लाइफको खुद बीमाशुल्क १३.५९ प्रतिशतले वृद्धि

समयपोष्ट २०७९ वैशाख २९ गते ११:२१

Advertisement

प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ४९ करोड ४६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १३.५९ प्रतिशतले धेरै हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब ७ करोड ६६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ९६ करोड ५० लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १२ करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा भने १७.०९ प्रतिशतले घटेर १८ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २२ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब ७७ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५० करोड ५४ लाख रुपैयाँ, बीमा कोषमा १७ अर्ब ६३ करोड ११ लाख रुपैयाँ र महावित्ती कोषमा १७ करोड ६७ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९ पैसा, प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानी अनुपात ७४.२४ गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री