शुक्रबार, ७ वैशाख २०८१

एशियन लाइफको खुद नाफा बढ्यो, खुद बीमाशुल्क ११.४१ प्रतिशतले वृद्धि

समयपोष्ट २०७९ वैशाख २९ गते ११:१०

Advertisement

एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा १.०७ प्रतिशतले वृद्धि गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १८ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ११ करोड ४६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११.४१ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब ५९ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जा लगानी गरी १६ करोड ६६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी २ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४२ करोड ८२ लाख रुपैयाँ, बीमा कोषमा ३० अर्ब ९८ करोड ७६ लाख रुपैयाँ र महावित्ती कोषमा ११ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६६ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात ८२.२८ गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री