शुक्रबार, ७ वैशाख २०८१

जेठदेखि बिहान साढे ९ बजे नै बैंक खोल्न निर्देशन

समयपोष्ट २०७९ वैशाख २८ गते १५:०१

Advertisement

नेपाल राष्ट्र बैंकले जेठ महिनादेखि बिहान साढे ९ बजेदेखि ४ बजेसम्म बैंक खोल्न निर्देशन दिएको छ।

साेमबारदेखि शुक्रबारसम्म विहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म बैंकिङ्ग कार्यलय समय कायम गरिएको राष्ट्र बैंकले सुचनामार्फत जानकारी दिएको छ ।

बैंकले कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बिहान ९ः३० देखि ३ः३० बजेसम्म बैंकिङ्ग कार्यलय समय तोकिएको जनाएको छ।

यसैगरी दशै तिहारको सार्वजानिक विदाबाहेक अन्य विदा दुई लगातार दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि सिमित कर्मचारी खटाएर बैंकिङ्ग सेवा उपलब्ध गराउनुपर्ने सुचनामा उल्लेख छ ।

यस्तै सेवाग्राहीले एकै दिनमा सम्पन्न हुनै एकै सेवाको लागि थप अर्को साता कार्यलय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चितता गरी कार्य व्यवस्थापन गर्नुपर्ने केन्द्रिय बैंकले जनाएको छ।

हप्तामा २ दिन विदा हुँदा हप्ताभरि सम्पन्न गरिएको कार्यहरुको सूची दैनिक तथा सेवा प्रवाहको सँख्या अध्ययन तथा मूल्याँकनको लागि अभिलेख राख्न निर्देशन दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री