बिहीबार, १३ वैशाख २०८१

“११% एल.बि.बि.एल डिबेञ्चर २०८९” जारी गर्न नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक नियुक्त

समयपोष्ट २०७९ वैशाख २८ गते १४:२४

Advertisement

लुम्बिनी विकास बैंक लिमिटेडले “११% एल.बि.बि.एल डिबेञ्चर २०८९” ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

रु.१,००० अंकित दरको १०,००,००० कित्ताले हुन आउने रु. १,००,००,००,००० (अक्षरुपी १ अर्ब) रकम बराबरको “११% एल.बि.बि.एल डिबेञ्चर २०८९” ऋणपत्रको अवधि १० वर्ष रहेको र ब्याजदर ११% प्रतिशत रहेको छ ।

उक्त सम्झौतामा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले बुधबार हस्ताक्षर गर्नुभएको छ । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरिने छ ।

काठमाण्डौें, डिल्लिबजार स्थित मुख्य कार्यालय रहेका लुम्बिनी विकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री