बिहीबार, १३ वैशाख २०८१

ज्योति लाईफको ब्राण्ड एम्बेसडरमा नायक हमाल निरन्तर

समयपोष्ट २०७९ वैशाख २३ गते १७:२१

Advertisement

ज्योति लाईफको ब्राण्ड एम्बेसडरको रुपमा नायक राजेश हमालको निरन्तरता कायम रहने भएको छ ।

कम्पनीको स्थापना काल देखिनै ज्योति लाईफको ब्राण्ड एम्बेसडरमा रहनुभएको नायक हमाल र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता नविकरण गरिएको हो ।

सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री र नायक हमालले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौतापछि ब्राण्ड एम्बेसडर महानायक हमालले ज्योति लाईफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिनुहुने छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले, प्रेरणाको स्रोत, भरोसायोग्य, अग्रणी तथा सरलताले भरिएका अभिनेतासँगको सहकार्यले ज्योति लाईफको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने जनाउनु भएको छ ।

यही बैशाख २२ गते सम्झौता पत्रमा हस्ताक्षर भई निरन्तर भएको तथ्य समेत खुलाउनु भएको छ । त्यस्तै महानायक राजेश हमालले पनि ज्योति लाईफको ब्राण्ड एम्बेसडरमा निरन्तरता दिन पाउँदा खुसी लागेको र कम्पनीको प्रगतिमा राम्रो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री