शुक्रबार, ७ वैशाख २०८१

मेटलाइफ फाउन्डेशनद्वारा कोभिड–१९ नियन्त्रणका लागि ५० हजार अमेरिकी डलर अनुदान

समयपोष्ट २०७८ जेठ ३ गते १४:०२

Advertisement

मेटलाइफ फाउन्डेशनले अमेरिका नेपाल मेडिकल फाउन्डेशन (ए.एन.एम.एफ.) लाई नेपालमा बिग्रँदो कोभिड–१९ को संकटबाट प्रभावित असाह्य व्यक्तिहरुकालागि आवश्यक चिकित्सा सेवा प्रदान गर्न ५० हजार अमेरिकी डलर अनुदान दिने भएको छ ।

मेटलाइफ फाउन्डेशनको सो अनुदानले ए.एन.एम.एफ. लाई देशका विभिन्न स्थानमा संचालित आइसोलेशन केन्द्र तथा अस्पतालहरुमा उच्च बहावको अक्सिजन उपकरण तथा कन्सन्ट्रेटर लगायत अन्य आवश्यक स्वास्थ्य चिकित्सा आपूर्ति गर्न सहज हुने कम्पनीको विश्वास छ । ए.एन.एम.एफ. सन् १९९७ देखि देशमा विशिष्ट स्वास्थ्य सेवालाई टेवा पुर्याउने दृष्टिकोणका साथ नेपाली चिकित्सकहरुद्वारा स्थापना गरिएको एक गैर–नाफामूलक संस्था हो ।

कम्पनीका अनुसार उच्च संख्यामा बढिरहेका गम्भिर अवस्थाका बिरामीहरुका कारण हाल देशको चिकित्सा प्रणालीमा दबाब परिरहेको हुँदा यस्तो समयमा यो अनुदानले ए.एन.एम.एफ. लाई स्वास्थ्य सेवा पूर्वाधारमा पर्ने भार न्यूनिकरण गर्न थप सक्षम बनाउन मद्दत गर्नेछ ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ भन्नुहुन्छ – “आवश्यकताको यस घडिमा हामी सबै अहिलेको विश्वब्यापी महामारीबाट प्रभावित मानिसहरुको स्वास्थ्य र जनहितकालागि हर सम्भव प्रयासहरु गरिरहेका छौं । मेटलाइफ विश्वास गर्दछ कि हामी सबै मिलेर यस जटिल परिस्थितिलाई बदल्न सक्दछौं र म गर्व गर्दछु कि मेटलाइफ फाउन्डेशनले यस कठिन समयमा जनताको पीडा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै सार्थक सहयोग समेत प्रदान गरिरहेको छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री