शुक्रबार, १४ वैशाख २०८१

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

समयपोष्ट २०७८ जेठ २ गते ६:४३

Advertisement

आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास बुढाले ४७ वर्षका आफ्ना बुबा नकुल बुढाको हत्या गरेको प्रहरीले जनाएको छ ।

‘बुबाले आमालाई ढुंगाले हाने थाहा पाएपछि आक्रोसित बनेका छोराले बञ्चरो प्रहार गर्दा बुबाको ज्यान गएको’ प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।

घटनाको बस्तुबस्थिति बुझ्न प्रहरीको अपराध अनुसन्धान टोली घटनास्थलमा पुगेको र थप बिवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक सुनारले जानकारी दिए । । आरोपित विकास बुढालाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री