शुक्रबार, १४ वैशाख २०८१

यस वर्षको हाम्रो प्रयास कुनै पनि माध्यमबाट बीमा गराउने सकिने व्यवस्था हुनुपर्छ भन्ने हो : बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको अन्तर्वार्ता

समयपोष्ट २०७८ जेठ १ गते ८:१९

Advertisement

नेपालमा बीमाको इतिहास साढे सात दशकभन्दा लामो छ । यसको उद्भव बैङ्किङ क्षेत्रसँगै राणाकालमा भएको हो । वि. सं. १९९४ मा नेपाल बैङ्क स्थापना भएपछि त्यसकै भगिनी कम्पनीका रूपमा २००४ सालमा संस्थागत अवधारणा आएको यस क्षेत्रले हाल देशका ७७ वटै जिल्ला ढाकेको छ । अहिले निर्जीवन बीमा २०, जीवन बीमा १९ र पुनर्बीमा कम्पनी एउटा सञ्चालनमा छन् । ती सबैको नियामक निकाय बीमा समिति छ जुन २०७८ जेठ १ देखि ५३औँ वर्षमा प्रवेश गर्दै छ । तीन महिनाअघि समितिको नेतृत्वमा आउनुभएका सूर्यप्रसाद सिलवाल बीमा क्षेत्र बल्ल २७ प्रतिशत जनसङ्ख्यामा पुगेको बताउनुहुन्छ । बैङ्कको पहुँच ८० प्रतिशतमा पुग्दा पनि बीमा कम्पनी भने अझै सहर केन्द्रित भएका कारण यस्तो भएको महसुस अध्यक्ष सिलवालले गर्नुभएको छ । त्यसैले बीमा साक्षरता बढाउनुपर्ने आवश्यकता उहाँले देख्नुभएको छ । प्रस्तुत छ, बीमा समितिको वार्षिकोत्सवको अवसर पारेर गोरखापत्रका पत्रकार भेषराज बेल्बासेले अध्यक्ष सिलवालसँग बीमा क्षेत्रका समस्या र सम्भावनाबारे गरेको कुराकानी :

प्रशासनिक क्षेत्रबाट बीमा क्षेत्रको नेतृत्वमा आउनुभयो ? कस्तो पाउनुभयो ?

मैले प्रशासनिक क्षेत्रमा करिब ३१ वर्ष विभिन्न पदमा रहेर सेवा गरेँ । त्यतिबेला मेरा लागि बीमा अनौठो थियो । अहिले म यहाँ आइसकेपछि मैले गर्नुपर्ने काम नै यही हो । नयाँ अवस्था बुझ्नै नसक्ने होइन । बीमा क्षेत्रलाई अगाडि बढाउने, आममान्छेलाई बीमामा समेट्ने, बीमाको क्षेत्रका विकृतिलाई हटाउने र बैङ्कजस्तै बीमालाई अझ विश्वसनीय कसरी बनाउने भन्ने हामीले महत्वपूर्ण छलफल गर्यौं । बीमाका सरोकारवाला र विज्ञहरूसँग पनि बसेर छलफल गर्यौं, तथ्याङ्क विश्लेषकहरूसँग पनि बस्यौँ । हाम्रो अवस्था कस्तो छ ? किन अगाडि बढ्न सकिरहेका छैनौँ ? हाम्रो बजारमा किन बीमाबारे त्यति राम्रो विश्वासको वातावरण छैन ? जस्ता प्रश्नमा विमर्श गर्यौं । बीमा मुलुकलाई समृद्ध बनाउने जनताको भौतिक सुरक्षाका साथै ऊ बिरामी पर्दा, ऊ आफू नरहँदा पनि उसको परिवारको सुरक्षा गरिदिने एउटा सशक्त माध्यम रहेछ भन्ने कुरा बुझेर त्यसैअनुरूप गर्नुपर्छ भन्ने आधारमा हाम्रा नीति कार्यक्रम अगाडि बढाएका छौँ ।

बीमा गर्दा अहिले आफूसँग पैसा नहुँदा पनि मैले जम्मा गरेको पैसाले भोलिका दिनमा मलाई राम्रो काम दिन्छ भन्ने शिक्षा वा चेतना आमजनतामा पुर्याउन नसक्दा हामीले भनिरहेकोजस्तो प्रतिफल दिन सकेका छैनौँ तथापि हाम्रो प्रयास एक\दुई वर्षमा निकै राम्रो प्रगति गर्ने भन्ने छ ।

बीमा समितिको ५३ वर्षे यात्रालाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?

बीमा समिति ५३औँ वर्षमा प्रवेश गरेको छ । यसले नेपालमा बीमाको इतिहास लामो रहेको देखाउँछ । कारोबार बीमाको भए पनि समिति आफैँले बीमा गराउने होइन, व्यवसायीले गराउने हो । उनीहरूले कसरी बीमा गर्नुपर्छ, कसरी विश्वसनीय बनाउनुपर्छ, कसरी जनसङ्ख्यालाई सेक्युर गर्नुपर्छ र सञ्जाल विस्तार गर्नुपर्छ भन्नेबारे काम गर्ने हो । व्यक्तिले वर्तमानमा जम्मा गरेको थोरै पैसाले भविष्यमा अनेक खालका आवश्यकतालाई परिपूर्ति गर्ने माध्यम हुुनसक्छ बीमा । बीमा गर्दा अहिले आफूसँग पैसा नहुँदा पनि मैले जम्मा गरेको पैसाले भोलिका दिनमा मलाई राम्रो काम दिन्छ भन्ने शिक्षा वा चेतना आमजनतामा पुर्याउन नसक्दा हामीले भनिरहेकोजस्तो प्रतिफल दिन सकेका छैनौँ तथापि हाम्रो प्रयास एक\दुई वर्षमा निकै राम्रो प्रगति गर्ने भन्ने छ ।

कोरोना कहरबाट सबै क्षेत्र प्रभावित छन् । बीमा क्षेत्रमा चाहिँ कस्तो छ ? कसरी सम्हाल्दै हुनुहुन्छ ?

बीमा क्षेत्रमा धेरै ठूलो असर छ । निषेधाज्ञाका कारण व्यावसायिक क्रियाकलापमा नै प्रतिबन्ध भइसकेको अवस्था छ । व्यक्तिले आफैँ नयाँ बीमा गराउनसक्ने अवस्था रहेन तर अहिले हामी समग्र मुलुकको अवस्था हेर्ने हो । तथापि अब हामी पनि नयाँ युगमा प्रवेश गरेका छौँ । खासगरी सूचना प्रविधिको राम्रै विकास भएको छ । कम्पनीहरूमा यसको प्रयोग भइरहेको छ, कुनै बीमितले बीमा गराउने इच्छा गरे अनलाइनबाट बीमा दर्ता गर्न सकिन्छ र अवस्था सहज भएपछि अरू डकुमेन्ट बनाउने बाटो खुलाएका छौँ । कोरोनाले बीमा क्षेत्र अछुतो नरहँदा नरहँदै मानिसमा बीमा त गराउनुपर्ने रहेछ भन्ने चेतना बढेको छ । बीमाले मानिसको अनिश्चिततालाई सुनिश्चित गर्ने यो भएकाले कम्पनीहरूले कार्यालय खोल्न नमिले पनि अनलाइनमार्फत बीमा गराउन खोजेको सेवा दिन्छन् । यही माध्यमबाट सेवा प्रदान गर्न हामीले सहजीकरण गरिरहेका छौँ । सरकारले विषम अवस्थामा मुलुकको अर्थतन्त्रलाई धेरै बिग्रन नदिने प्रयास गरिरहेको छ । यस प्रयासमा हामी पनि सरकार सँगै छौंँ । यस्तो बेलामा बीमाका लागि कुरिरहेको सम्भावित जनसङ्ख्या सबै बीमामा आउने हाम्रो अपेक्षा छ ।

के के कुरामा प्राथमिकता दिँदै हुनुहुन्छ ?

बीमा के हो भन्ने कुरा सबैले बुझ्नुप¥यो । बीमा कसरी गरिन्छ, बीमा कसले गर्छ भन्नेलगायत बीमाका राम्रा पक्षबारे हामीले सबैमा चेतना भर्नसके मात्र बीमाको बजार बढ्छ । बैङ्क पनि अहिले जसरी विस्तार भएका छन्, १० वर्षअघि यस्तो थिएन । यसबाट लोन पनि पाइँदो रहेछ, जम्मा पनि गर्न पाइँदो रहेछ, ब्याज पनि पाइँदो रहेछ भन्ने बुझेपछि न मान्छेहरू बैङ्किङ क्षेत्रको नेटवर्कमा आएका हुन् । त्यस्तै गरेर बीमाबारे पनि हामीले बुझाउन सकेका छैनौँ । त्यसकारण हाम्रो पहिलो प्राथमिकता बीमाबारे व्यापक प्रचारप्रसार गरी सबैलाई बीमा शिक्षा दिने हो अनि दोस्रोमा बीमाका कारोबारलाई विश्वसनीय बनाउने हो । बीमा बजारका ४० वटा कम्पनी हाम्रो हितका लागि हुन्, यी कानुनबमोजिम चल्छन् भन्ने विश्वास दिलाउनुपर्छ । त्यसको अलिकति अभाव छ । त्यसलाई हटाउने हाम्रो प्रयास जारी छ ।

पब्लिकलाई ढाँट्ने, कुनै कुरा नभन्ने, धेरै लोभ्याइदिने र कारोबार बढाउनेजस्तो कुराले बीमाको विकास हुन सक्दैन, मान्छेमा बीमाप्रतिको विश्वास बढ्दैन । त्यसकारण मैले लिन लागेको पोलिसीबाट मैले के पाउँछु, कसरी पाउँछु, कति पाउँछु भन्ने कुरा बीमा गराउनुअघि नै जानकारी हुनुपर्यो ।

बीमा गर्न चाहिने बीमाका एजेन्टहरू पब्लिककहाँ पुग्ने र पब्लिक पनि बीमा कम्पनी खोज्दै आउने बाटोमा सुधार गर्नु छ । जसले सक्छ उसले मोबाइलबाट पनि बीमा गराउनसक्ने व्यवस्था ल्याउनुप¥यो । बैङ्कबाट पनि बीमा गर्नसक्ने व्यवस्था गर्नुप¥यो । यस वर्षको हाम्रो प्रयास कुनै पनि माध्यमबाट बीमा गराउने सकिने व्यवस्था हुनुपर्छ भन्ने हो । त्यसका लागि हामी आफैँ पनि सशक्त हुनुपर्छ । अनलाइन कारोबारको विश्वसनीयताका लागि त्यत्तिकै क्षमतावान् भएर बस्नुपर्यो । त्यसका लागि हामीले काम गरिराखेका छौँ, कम्पनीहरूलाई झकझक्याइरहेका छौँ ।

तेस्रोमा सुशासन पर्छ, बीमाको कारोबार गर्ने कम्पनीहरू, अभिकर्ताहरू, सर्भेयरहरूलाई चाहिने आचारसंहिताभित्र बसेर कम्पनीहरूले बीमाको सेवा दिन्छन् । पब्लिकलाई ढाँट्ने, कुनै कुरा नभन्ने, धेरै लोभ्याइदिने र कारोबार बढाउनेजस्तो कुराले बीमाको विकास हुन सक्दैन, मान्छेमा बीमाप्रतिको विश्वास बढ्दैन । त्यसकारण मैले लिन लागेको पोलिसीबाट मैले के पाउँछु, कसरी पाउँछु, कति पाउँछु भन्ने कुरा बीमा गराउनुअघि नै जानकारी हुनुपर्यो । यसले बजारको विश्वसनीयता पनि बढाउँछ । कम्पनीहरूलाई भोलिका दिनमा बदनाम हुनबाट रोक्छ र बीमाको बजार विस्तार हुन्छ । पब्लिक सेवा लिन आउँछन्, बजार विस्तार हुन्छ । यसो हुँदा सबै कम्पनीको आँट आफैँ बढिहाल्छ । त्यो बाटोमा जानुपर्छ भन्ने हाम्रो प्रयास छ ।

अहिले पनि बीमा भुक्तानीमा सर्वसाधारणले विश्वास गर्न सकिरहेका छैनन् । किन होेला ?

यस्तो हुनु हँुदैन, हुन नदिन हामी निरन्तर लागेका छौँ । कानुनले यति दिनभित्रमा दिनुपर्छ भनिसकेपछि त्यति दिनभित्रमा त्यसको भुक्तानी दिनैपर्ने हुन्छ । जीवन बीमामा यो समस्या छैन । के कागजात चाहिन्छ, पहिला जानकारी दिनुपर्छ, मैले पनि बीमा गराएपछि मैले के कागजात दिनुपर्छ भन्ने थाहा पाउनुपर्छ । सबै कागजात लिएर आइसकेपछि एक÷दुई दिनमा त्यो छिनोफानो गरिदिनुपर्छ । कानुनले भनेको म्यादभन्दा एक दिन पनि बढी लगाउनु हुदैँन भन्ने हाम्रो निर्देशन छ । यसबारे हामी संवेदनशील छौँ । पब्लिकले गरिसकेको बीमाको भुक्तानी समयमै पाउनुप¥यो । त्यो गर्दा सबैलाई फाइदा हुन्छ । पब्लिकको कन्फिडेन्स बढ्छ, बीमाबाट पैसा त आउँदो रहेछ भन्ने सन्देश जान्छ र कम्पनीको पनि प्रशंसा हुन्छ, शाख बढ्छ । हामीले बीमाको भुक्तानी समयमा गर भनेर निर्देशन र परिपत्र गरिरहेका छौँ ।

 कोरोना बीमाले समग्र बीमा क्षेत्रकै विश्वसनीयता घटाउने काम गर्यो । यसलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?

अब नयाँ कोरोना बीमा हुँदैन किनभने संसारभर नै महामारीको बीमा कहीँ पनि गरिँदैन । हामीकहाँ सरकारले पोलिसी ल्यायो एक वर्ष हामीले टेस्ट गरेर हे¥यौँ । त्यसमा करिब ९० हजार मान्छेले सहभागिता जनाए । त्यीमध्ये ६६ देखि ६७ हजारको भुक्तानी पनि गरिसक्यौँ बाँकीको भुक्तानीमा अलिकति दायित्व सरकारको पनि छ । सरकारले कम्पनी, पुनर्बीमा र समितिले दिँदा नपुगेको दिन्छु भनेर कार्यविधिमा बोलेको हुनाले त्यसअनुसारको माग हामीले गरिसकेका छौँ । सरकारले पनि दिने कुरा भएको छ । त्यो आउनासाथ बाँकी रहेका सबैको भुक्तानी भइहाल्छ । गरिसकेको बीमा भुक्तानी रोकिँदैन । त्यसपछि यो च्याप्टर पनि बन्द हुन्छ ।

बीमा कम्पनीको सङ्ख्यात्मक वृद्धि त भएको तर गुणात्मक वृद्धि हुन नसकेको गुनासो सुनिन्छ नि ?

बीमालाई विश्वसनीय बनाउनुपर्छ । विश्वसनीयतासम्बन्धी तपाईंले उठाएको प्रश्नको केही उत्तर बीमा कम्पनीहरूले पनि दिनुपर्ने हुन्छ । हाम्रोतर्फबाट हामी लागिपरेका छौँ । खास गरेर दर कटौती गर्ने, ढाँटेर बीमा गराउने, अहिले वा एक वर्ष मात्रै बीमा गरेर यति पैसा तिरे पुग्छ, यो पैसा एक वर्षपछि लिएर जान पाउँछौ भन्ने खालका अनेकौँ प्रचार गर्नेजस्ता कुराले नै बीमा कम्पनीलाई विश्वसनीय छैन कि जस्तो बनाएको छ । म आइसकेपछि यस्ता सबै कुरालाई कम गर्दै लगेका छौं । अल्टिमेट दायित्व भनेको बीमाको पब्लिकको पैसाको सुरक्षा गर्ने हो र पब्लिकसँग गरेको कमिटमेन्टअनुसारको उसको दाबी भुक्तानी उसलाई दिनुपर्छ भन्ने हो । यसका लागि हामी लागिपरेका छौँ । मलाई के लाग्छ भने पहिलेभन्दा तीन महिनायता राम्रो भएको छ । यसलाई निरन्तरता दिन कडा अनुगमन पनि गरिरहेका छौँ ।

नयाँ पुनर्बीमा कम्पनी आउने कुरा के हुँदै छ ?

यसका लागि हामीले सार्वजनिक सूचना नै जारी गरेर आह्वान गरेका छौँ । हाम्रो अध्ययनले के देखायो भने नेपालको पुनर्बीमा जति हुनुपर्ने त्योभन्दा अत्यन्तै न्यून भयो । पुनर्बीमाको सबै पैसा विदेशमा थन्कियो । पुनर्बीमाको उद्देश्य मुलुकभित्र भएका बीमा कम्पनीहरूको जोखिम बहनलाई कम गरिदिने र विदेशबाट पनि बीमा ल्याउने हो । यो पाटो अत्यन्तै कमजोर रहेको हुँदा एउटा नयाँ कम्पनीको आवश्यकता देखियो । जसले गर्दा अहिले भइरहेको नेपाल रिइन्स्योरेन्सको प्रतिस्पर्धीका रुपमा पनि खडा हुन्छ र बिजनेस पार्टनर पनि हुन्छन् । नेपालभित्रको बीमाको जोखिमको मुलुकभित्रै पुनर्बीमा हुन्छ र आफ्नो क्षमता विस्तार गर्दै विभिन्न ब्रोकरमार्फत विदेशका बीमा पनि ल्याउन सकिन्छ भन्ने अवधारणामा सूचना जारी गरिएको हो । सूचनामा उल्लेख गरिएबमोजिम आउन इच्छुक कम्पनीहरूले उद्देश्य, योजनासहितको खाका प्रस्तुत गरेको आधारमा एउटा कम्पनीलाई अनुमति दिने हो ।

बीमाको दायरालाई काठमाडौँको दृष्टिले मात्रै हेर्यौं भने हुँदैन । मुलुकका सबै ठाउँमा हाम्रा एजेन्ट पुगेर बीमा गराउन सक्यौँ र त्यस्तो दुर्घटना केही पर्यो भने तत्काल क्षतिपूर्ति दिन सक्यौँ भने एक जनाले पाएको बीमा दाबी भुक्तानीले ५० जनालाई बीमा गर्न अभिप्रेरित गर्दछ ।

यहाँ आइसकेपछि बीमाको दायरा कति बढाउनुभयो ? कसरी बढाउँदै हुनुहुन्छ ?

म आएपछि डेढ प्रतिशत बढेको छ । म आउँदा २५ प्रतिशत रहेकामा २७ प्रतिशतको हाराहारीमा पुगेको छ । यसमा म्यादी बीमा पनि छ । हाम्रो मुलुक कृषिप्रधान हो, अझ गाउँ नै गाउँ भएको मुलुक हो । बल्ल नगरपालिका हुँदै छन् । हामी संवेदनशील ठाउँमा बसेका छौँ । हामीकहाँ चट्याङ, बाढी, आगलागी, शीतलहरलगायतलाई समेट्ने भनेको बीमाले नै हो । बीमाको दायरालाई काठमाडौँको दृष्टिले मात्रै हेर्यौं भने हुँदैन । मुलुकका सबै ठाउँमा हाम्रा एजेन्ट पुगेर बीमा गराउन सक्यौँ र त्यस्तो दुर्घटना केही पर्यो भने तत्काल क्षतिपूर्ति दिन सक्यौँ भने एक जनाले पाएको बीमा दाबी भुक्तानीले ५० जनालाई बीमा गर्न अभिप्रेरित गर्दछ । त्यो पाटो हामीले खोज्न सकेका छैनौँ । हामी काठमाडौँमा मात्रै रमायौँ । यी यावत् कुरालाई गाउँगाउँसम्म पु¥याउने अभिप्रायले हामी लागिरहेका छौँ ।  (गोरखापत्र दैनिकबाट साभार)

प्रतिक्रिया

सम्बन्धित सामाग्री