शनिबार, ८ वैशाख २०८१

जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द

समयपोष्ट २०७८ वैशाख २८ गते २०:०४

Advertisement

अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध थप भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ ।

नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् । प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री