
अर्घाखाँची/ नेकपा माओवादी केन्द्र अर्घाखाँचीले भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापालाई ३ दिने स्पष्टिकरण साेधेकाे छ ।
मेयर थापालाई पार्टीको निति, विचार, सिद्धान्त र संगठनात्मक विधि विपरित कार्य गरेको, पार्टीको सांगठनिक कमिटीमा जोडिएर काम नगरेको, पार्टी पंक्तिका नेता, कार्यकर्ता एवं जनस्तरसम्म कुप्रचारमा लागेको हो, होईन भन्दै माओवादी केन्द्रले शुक्रवार ३ दिने स्पष्टीकरण सोधेको हो ।
‘तपाईले पार्टी त्यागेको हो वा होईन, आफ्नो राजनितिक अवस्थाको बारेमा स्पष्ट धारणा सहित लिखित स्पष्टीकरण तीन दिनभित्र जिल्ला पार्टी कर्यालय वा इमेलमा उपलब्ध गराईदिनुहुन अनुरोध छ ।’ जिल्ला संयोजक ठाकुर कुमार वि.क किशोरद्धारा हस्ताक्षरित पत्रमा भनिएको छ, –‘तिन दिनत्रि चित्त बुझ्दो जवाफ नआए पार्टी बिधान र राजनितिक दलसम्बन्धी ऐन २०७३ तथा राजनितिक दलसम्बन्धी नियमावली २०७४ बमोजिम हुने व्यहोरा जानकारी गराइन्छ ।’
यस्तो छ स्पष्टीकरण











प्रतिक्रिया