संवैधानिक परिषदको बैठक सुरु

बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहभागि भएका छन् ।

Advertisement

सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले परिषदको बैठकमा सहभागी नहुने बताइसकेका छन् ।

आजको बैठकमा संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल हुने छ ।

हाल लोकसेवामा सबै पदाधिकारी रिक्त छ । यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य रिक्त छन् । महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि केही पद खालि छन् ।

संवैधानिक आयोगहरुका पदाधिकारी नियुक्तिका लागि परिषदले सिफारिस गर्दछ । सिफारिसमा परेका व्यक्तिहरुको संसदीय सुनुवाइको प्रक्रिया पूरा गरिन्छ । त्यसपछि राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

Advertisement

प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता रहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री