शुक्रबार, १६ चैत २०८०

हेलिकोप्टरमार्फत हेटौंडा पुगेर बादलले दर्ता गराए उम्मेदवारी

समयपोष्ट २०७८ वैशाख २४ गते १३:१७

Advertisement

बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदमा गृहमन्त्री रामबहादुर थापा बादलले उम्मेदवारी दर्ता गराएका छन् ।

गृहमन्त्री थापाले शुक्रबार हेलिकोप्टरमार्फत हेटौंडा पुगेर बागमती प्रदेशको निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको उम्मेदवारीको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल रहेका छन् भने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समर्थन गरेकी छिन् । बादलका प्रतिस्पर्धी रहेका डा.खिमलाल देवकोटाले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । आगामी जेठ ६ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री