बिहीबार, १३ वैशाख २०८१

प्रधानमन्त्री ओली र नेपालबिच सहमति भएको हो ?

समयपोष्ट २०७८ वैशाख २४ गते १२:०४

Advertisement

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफु र प्रधानमन्त्री केपी शर्मा ओलीबिच हालसम्म कुनै पनि सहमति नभएको प्रष्ट पारेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्ने र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै बटम लाइन भएको बताउँदै यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न भनेका छन् ।

नेता नेपालले भनेका छन्,‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री