शुक्रबार, ७ वैशाख २०८१

वडा सदस्यको शव बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु

समयपोष्ट २०७८ वैशाख २१ गते १६:४६

Advertisement

बैतडीमा शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बर जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय जीतसिंह भण्डारी, अन्दाजी ३० वर्षीय डम्मरसिंह भण्डारी, अन्दाजी २७ वर्षीय हिक्मत भण्डारी र अन्दाजी ४० वर्षीय दीपक भण्डारी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री