कोरोना विशेष अस्पताल अक्सिजनको अभाव

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको अभाव छ । अहिले अस्पतालमा १२० अक्सिजनका सिलिन्डर छन् । ती सिलिन्डरले अस्पतालमा रहेका सङ्क्रमितलाई पु¥याउन निकै धौ–धौ पर्ने गरेको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले बताउनुभयो ।

Advertisement

अस्पतालमा अहिले ४६ बिरामी भर्ना भएका छन् । अब श्यया थप्ने तयारी रहेको छ । अस्पालको माथिल्लो तला यसअघि नेपाल संस्कृत विश्वविद्यालयले दिन मानेको थिएन तर केही दिनदेखि बिरामी अस्पतालमा खचाखच भरिएपछि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेसहित स्थानीय तहका प्रमुखको विशेष पहलमा विश्वविद्यालयले माथिल्लो तला प्रदान गर्ने सहमति गरेपछि आजदेखि श्यया थप्ने कार्य भइरहेको व्यवस्थापक ओलीले बताउनुभयो ।

उहाँका अनुसार ६५ श्यया थपिने छन् । उक्त श्यया थपिएपछि करिब ३०० अक्सिजन सिलिण्डर आवश्यक पर्छ । त्यसका लागि स्थानीय तहसँग सिलिण्डर उपलब्ध गराउन माग गर्दै आएको उहाँको भनाइ छ । “श्यया मात्रै थपेर हुँदैन्, श्ययासँगै अक्सिजन सिलिन्डर पनि थप्नु पर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि हामीले स्थानीय तहसँग श्यया सङ्ख्या थप गरिदिन माग गरेका छौँ ।”

पाँच बिरामीलाई बाहिरै राखेर उपचार

पर्याप्त श्यया नहुँदा अहिले पाँच बिरामीलाई अस्पताल बाहिर राखेर उपचार थालिएको छ । उनीहरुलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको व्यवस्थापक ओलीले बताउनुभयो । श्यया अभाव रहँदा व्यवस्थापनमा निकै चुनौती हुने गरेको उहाँको भनाइ छ । धेरै सङ्क्रमितलाई राख्न भनि फोन आउने गरेको भए पनि श्यया नहुँदा निकै समस्या हुने गरेको उहाँले बताउनुभयो ।

Advertisement

थप एकको मृत्यु

कोरोना अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत एक बिरामीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१२ की ४६ वर्षीया महिला रहेकी छिन् । उनलाई कोरोना पुष्टि भएपछि यही वैशाख ११ गतेदेखि सो अस्पतालको सघन कक्षमा राखेर उपचार भैरहेको थियो ।

जनशक्तिको पनि माग

अहिले बेलझुण्डी अस्पतालमा जनशक्ति पनि अभाव छ । जनशक्ति अभाव हुँदा दाङका छ स्थानीय तहसँग जनशक्ति पनि माग गरिएको व्यवस्थापक ओलीले बताउनुभयो । उहाँका अनुसार घोराही र तुलसीपुर उपमहानगरपालिकासहित बबई, शान्तिनगर, बङ्गलाचुली र दङ्गीशरण गाउँपालिकाबाट कर्मचारी माग गरिएको छ । गाउँपालिकाबाट नौ÷नौ जना र उपमहानगरपालिकाबाट १८÷१८ जना जनशक्ति माग गरिएको छ । नर्स, कार्यालय सहयोगीसहितका कर्मचारी माग गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री