शुक्रबार, ७ वैशाख २०८१

थप १६६ जना कोरोना सङ्क्रमित

समयपोष्ट २०७७ जेठ १८ गते १९:५४

Advertisement

कोभिड–१९ को सङ्क्रमण आज एकै दिन १६६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा १६६ जनामा सङ्क्रमण देखिएको बताए ।

ती सङ्क्रमितमध्ये पुरुष १६२ र महिला चारजना रहेका छन् । शनिवार १८९ र गत शुक्रबार १७० जनामा सङ्क्रमण देखिएको थियो । आज देखिएका सङ्क्रमितसँगै कूल एक हजार ५६७ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये पुरुष एक हजार ४५० र महिला ११७ जना रहेका छन । आज देखिएकामध्ये नयाँ जिल्ला तनहुँ, सल्यान, कालीकोट र बाजुरा रहेका छन् । नयाँ सङ्क्रमितमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तनहुँका रिसिङका २८ वर्षीय र स्याङ्जा गल्याङका २७ वर्षीय र ४० वर्षीय पुरुष रहेका छन् ।

यस्तै नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा पाँचजनामा सङ्क्रमण देखिएको छ । ती सबै पर्साका २२ देखि ३६ वर्षका पुरुष रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको परीक्षणमा ३७ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये कालीकोटका शुभकालीका १३ जना १९ देखि ५२ वर्षीय पुरुष, कालीकोटकै महैवका पाँचजना २० देखि ४२ वर्षीय पुरुष रहेका छन् ।

यस्तै दैलेख दुल्लुका एकजना ३५ वर्षीय पुरुष, दैलेख नारायणनगरपालिकाका नौजना १६ देखि ४८ वर्षीय पुरुष रहेका छन् । दैलेख चिम्दाका एकजना २६ वर्षीय पुरुष, दैलेख देवलका पाँचजना १८ देखि २२ वर्षीय पुरुष, दैलेख रातापानीका ३८ वर्षीयका एकजना पुरुष, दैलेख सादुका २२ वर्षीय पुरुष रहेका छन् ।

यस्तै बाजुरा जुजुनाथका ४० वर्षीयका पुरुषमा पनि सङ्क्रमण देखिएको छ । प्रादेशिक अस्पताल सुर्खेत र पशुपक्षी अन्वेषणको प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये सल्यान कुपण्डेका २५ जना ११ देखि ६० वर्षका सबै पुरुष रहेका छन् । यस्तै सुर्खेत बराहतालका एकजना चार महिनाका बालिका रहेकी छन् । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तु शिवराजका एकजना ३२ वर्षीय पुरुष रहेका छन् ।

यस्तै भेरी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा आठजना पुरुषमा सङ्क्रमण देखिएको छ । ती नरैनापुरका दुईजना २१ र २५ वर्षीय पुरुष, खजुराका ३० वर्षीय पुरुष र नेपालगञ्जका चारजना १६ देखि ४२ वर्षका पुरुष र बैजनाथ गाउँपालिकाका एकजना ३५ वर्षीय पुरुष रहेका छन् ।

यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १२ जनामा सङ्क्रमण देखिएको छ । ती सबै सप्तरी राजगढका १७ देखि ४५ वर्षका पुरुष रहेका छन् । सेती प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा पाँचजनामा सङ्क्रमण देखिएको छ । ती कैलाली भजनीका २३ वर्षीय पुरुष, जानकी गाउँपालिकाका ३४ वर्षीय पुरुष, धनगढी त्रिनगरका एकजना ४७ वर्षीय पुरुष र बाजुराका दुई वर्षीय बालिका र २३ वर्षीय महिला रहेका छन् ।

कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा पाँचजनामा सङ्क्रमण देखिएको छ । ती सबै झापा गौरीगञ्जका चारजना २३ देखि ३९ वर्षका पुरुष र मोरङ विराटनगरका ४५ वर्षीया महिला रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६४ जनामा सङ्क्रमण देखिएको छ । ती धनुषाका २१ जना १९ देखि ४६ वर्षका पुरुष रहेका छन् । कपिलवस्तु महाराजगञ्जका चारजना २५ देखि ४१ वर्षका पुरुष रहेका छन् ।

यसैगरी रौतहटका २९ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमति चार र नौ वर्षका बालकदेखि ५२ वर्षका पुरुष रहेका छन् । सर्लाहीका १० जनामा सङ्क्रमण देखिएको छ । ती एक वर्षका बालकसहित १५ देखि ५० वर्षका पुरुष रहेका छन् । सङक्रमितहरु प्रदेश नं १ का नौ जिल्लाका १६५, प्रदेश नं २ का सबै आठ जिल्लाका ६२४, वाग्मती प्रदेशमा १२ जिल्लाका ४५, गण्डकी प्रदेशमा ६ जिल्लाका २३, प्रदेश नं ५ का नौ जिल्लाका ५६०, कर्णाली प्रदेशमा पाँच जिल्लाका १२३ र सुदूरपश्चिम प्रदेशमा आज जिल्लाका २७ जना रहेका छन् । कोभिड–१९ को सङ्क्रमितबाट पूर्णरुपमा निको हुनेको सङ्ख्या २२० पुगेको छ । तीमध्ये १७२ पुरुष र ४८ जना महिला रहेका छन ।

थप दुईजना कोभिड–१९ बाट मृत्यु

कोभिड–१९ बाट आज थप दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दैलेख र बाजुरामा एक एकजनाको मृत्यु भएको जानकारी दिनुभयो । योसँगै कोभिड–१९ को कारणले मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । दैलेखका दुल्लू नगरपालिका–११ का ३५ वर्षीय पुरुष स्थानीय विद्युत् प्राधिकरणको क्यारेन्टिनमा बसेको मृत्यु भएको थियो । उनको स्वाब सङ्कलन गरेर रिपोर्टमा सङ्क्रमण देखिएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । उनको हिजो निधन भएको थियो ।

यस्तै बाजुरा जिल्लामा पनि मृत्यु भएकी दुई वर्षीय बालिका पनि सङ्क्रमण भएको पुष्टि भएको छ । बालिकामा ज्वरो, झाडाबान्ता र श्वासप्रश्वासमा समस्या आएपछि बाजुरा अस्पतालमा भर्ना गरिएको उहाँले बताउनुभयो । बालिकाको यही जेठ १६ गते स्वाब सङ्कलन गरेर सेती प्रादेशिक अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको थियो । बालिकाको आजै बिहान २ः३० बजे निधन भएको थियो । उहाँका अनुसार बालिका गत जेठ १० गते आमाबुबासहित नेपाल आएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री