बिहीबार, ६ वैशाख २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमा एक खर्ब ७१ अर्ब ७१ करोड

समयपोष्ट २०७७ जेठ १५ गते २०:४४

Advertisement

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यक्रम कार्यान्वयन गर्न रु एक अर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत भएको आगामी आवको बजेटमा आधुनिक राष्ट्र र ज्ञानमा आधारित प्रतिस्पर्धी, उन्नत अर्थतन्त्र निर्माणका लागि विज्ञान तथा प्रविधिको विकास गर्ने लक्ष्यसहित बजेट विनियोजन गर्नुभएको छ ।

बजेटमा विज्ञान तथा प्रविधिका क्षेत्रमा विश्वस्तरको अध्ययन, अनुसन्धान हुने विशिष्टिकृत विश्वविद्यालयका रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण गरी शैक्षिक कार्यक्रम शुरु गर्न बजेट विनियोजन गरिएको उल्लेख छ । उक्त प्रयोजनका निम्ति सरकारले आगामी आवका लागि रु एक अर्ब २५ करोड विनियोजना गरेको छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई सुदृढ गर्दै सबै प्रदेशमा एक–एक विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने क्रममा आगामी वर्ष दुई प्रदेशमा प्रयोगशाला सञ्चालन गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री