शुक्रबार, ७ वैशाख २०८१

लकडाउनको नियम मन्त्रीद्धारा नै उलंघन

एएनआई २०७७ जेठ १४ गते २१:१८

Advertisement

भारतका एक जना केन्द्रिय मन्त्रीले लकडाउनको नियम उलंघन गरेको भन्दै आलोचना भएको छ । केन्द्रिय मन्त्री नरेन्द्र सिंह टोमरले श्योपुर जिल्लाको भ्रमण गर्दा लकडाउन र सामाजिक दुरी कायम गर्नु पर्ने नियम उलंघन गरेको आरोप लागेको हो ।

जिल्लाको निशाद राज भवनमा आयोजित एक कार्यक्रममा सहभागी हुदाँ उहाँले मापदण्ड उलंघन गरेको बताइएको छ । भारतको मध्य प्रदेश राज्यमा अहिलेसम्म कोरोना भाइरसका कारण सात हजार २४ जना विरामी भएको पुष्टि भएको छ ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यस प्रदेशबाट मात्रै अहिलेसम्म तीन हजार ६८९ जना निको भएर फर्किएका छन् भने ३०५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री