बिहीबार, १३ वैशाख २०८१

कोरोनाभन्दा निकै खतरनाक भाइरस उपलब्ध, संसारले अर्को महामारीको पनि सामना गर्नुपर्ने चेतावनी

समयपोष्ट २०७७ जेठ १४ गते ८:०४

Advertisement

चीनको ऊहानबाट निस्किएको कोरोनाभाइरसले संसारभरी कोकोहोलो मच्चाएको छ । यसैबीच चीनमा चमेरोमाथि अनुसन्धानका लागि चर्चित एक महिला भाइरोलोजिस्टले कोरोनाभाइरस त समस्याको एउटा पाटो बताउँदै वास्तविक समस्या त निकै ठूलो भएको बताएकी छिन् ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्कसँग सोमबारको कुराकानीमा उनले चमेरोमा यस्ता थुप्रै भाइरस हुने जुन पुनः संसारभरी फैलन सक्ने बताएकी छिन् ।

कोरोनाभन्दा पनि खतरनाक भाइरस उपलब्ध

चीनको ब्याट वुमन नामबाट चर्चित ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीकी उप–निर्देशक शी झेंगलीले चमेरोजस्तो जनावरमा कोरोनाभन्दा निकै खतरनाक भाइरस उपलब्ध भएको बताएकी छिन् । समय हुँदा नै यसबारे पत्ता नलगाए संसारले यस्तै खालका अन्य महामारीको पनि सामना गर्नुपर्ने उनले चेतावनी दिएकी छिन् । उनले कोरोनाभाइरससँग जुध्नका लागि संसार एक भएर काम गर्नुपर्ने बताएकी छिन् ।

अपरिचित भाइरसमाथि अनुसन्धान जारीः झेंगली

झेंगलीले भाइरसबारे भइरहेको अनुसन्धानमा सरकार र वैज्ञानिकले पारदर्शी भूमिका अपनाउनुपर्ने बताएकी छिन् । चीनमाथि कोरोनाबारे समय हुँदा नै संसारलाई जानकारी नदिएको आरोप लागिरहेको छ । यसबारे स्पष्टिकरण दिँदै झेंगले भनिन्, ‘विज्ञानमाथि राजनीतिकरण दुःखद हो ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री