शुक्रबार, ७ वैशाख २०८१

“डिश होममा डिलर दाईको डिस्काउण्ट” योजना अन्र्तगत मेगा लक्की ड्र सम्पन्न

समयपोष्ट २०७७ जेठ १३ गते ११:३५

Advertisement

डिशहोमले “डिश होममा डिलर दाईको डिस्काउण्ट” नामक योजना अन्र्तगत २०७६ साल चैत्र ७ गते देखि २०७७ साल जेष्ठ ८ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र सम्पन्न गरेको छ ।

मेगा लक्की ड्र जेष्ठ ९ गते शुक्रबार साँझ ५ बजे डिशहोमका सोकेस च्यानल नम्बर १०० बाट लाइभ लक्की ड्र प्रसारण गरिएको थियो । उक्त योजना अनुसार १० जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १००,००० नगद प्राप्त गरेको कम्पनीले जनाएको छ ।

मेगा लक्की ड्र बाट डिशहोमको सेटअप बक्सको CAS ID No. 71913300795 , 02519229234, 71903393800, 02558114709, 71912401511, 71907479506, 71913350964, 71908166573, 71905851581, 02519245752 लाई बिजेता घोषणा गरिएको छ ।

आउने लक्की ड्र २०७७ साल जेष्ठ १६ गते शुक्रबार सोहि च्यानलबाट सोहि समयमा प्रसारण गरिने कम्पनीले जनाएको छ । २०७७ साल जेष्ठ ९ गते शुक्रबार देखि जेष्ठ १५ गते बिहिबारसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई जेष्ठ १६ गतेको लाइभ लक्की ड्रमा समावेश गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री