बिहीबार, १३ वैशाख २०८१

वर्षा सिवाकोटीले गरिन् यस्तो शंका

समयपोष्ट २०७७ जेठ १२ गते १०:४१

Advertisement

नायिका वर्षा सिवाकोटीले नेपालमा कोरोना संक्रमित दिनदिनै बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी छिन् । उनले संक्रमित बढ्दै जाँदा जनतामा डरको भयवह स्थिती देखिएको छ भन्दै सरकारले उचित ढंगले उपचारमा ध्यान नदिएकोमा शंका गरेकी छिन् ।

उनले आफ्नो जिज्ञासा भन्दै फेसबुकमा लेखेकी छिन्, ‘कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । नेपालमा आजसम्म झन्डै ६०० जनामा कोरोना पुष्टि भएको छ । दिनहुुँ दर्जनौको संख्यामा संक्रमीत बढ्नुले स्थित भयावह देखिएको छ । यस परिस्थितिप्रति मेरो एउटा जिज्ञासा – के सबै संक्रमित आइसोलेशनमा बस्नु भएको छ त ? के उहाँहरुको उपचार पुर्ण निगरानी र सही ढंगले भई रहेको छ त ? के उहाँहरुको को स्वास्थको जिम्मा र उपचारमा सरकारले बिशेष पहल गरेको छ त ? कि त संक्रमणको संख्या गन्ने मात्र काम भैरहेको छ ! घटाउने तिर ठोस प्रयास भएको छ त ?’

View this post on Instagram

#focusonyourself

A post shared by Barsha Siwakoti (@barsha.siwakoti) on

प्रतिक्रिया

सम्बन्धित सामाग्री