शुक्रबार, १६ चैत २०८०

अस्पतालका चिकित्सक र कर्मचारीको बीमा

rss २०७७ जेठ १२ गते १०:०५

Advertisement

नेपाल नेशनल अस्पताल कलङ्कीले आफ्नो अस्पतालमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीको बीमा गर्ने भएको छ । नेशनल अस्पतालले विश्वव्यापी रूपमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर चिकित्सक, नर्स तथा कर्मचारीको रु एक लाख बराबरको बीमा गर्न लागेको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा प्रकाश पौड्यालले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको अवस्थामा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीको मनोबल उच्च राख्न बीमा गर्न लागेको जानकारी दिनुभयो । अस्पतालमा १०० भन्दा बढी चिकत्सक, नर्स तथा कर्मचारी कार्यरत छन् । उक्त अस्पतालले कोरोना सङ्क्रमणको उपचारका लागि तीन श्ययाको आइसोलेसन कक्षर्डसमेत निर्माण गर्न लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री