शनिबार, ८ वैशाख २०८१

वीरगञ्जको प्रकोप व्यवस्थापन कोषमा एशियन लाईफको आर्थिक सहयोग

समयपोष्ट २०७७ जेठ ११ गते १६:३८

Advertisement

एशियन लाईफ इन्स्योरेन्सले कोरोना संक्रमितको लागि एक लाख ४१ हजार रुपैयाँ सहयोग गरेको छ । आइतबार कम्पनीको तर्फबाट प्रदेश २ प्रमुख रामरुप सहनीले वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीलाई उक्त सहयोग राशीको चेक हस्तान्तरण गरे ।

कम्पनीले वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषको लागि उक्त सहयोग गरेको हो ।

महानगरले हाल विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक पूर्व तयारी तथा उपचार सम्बन्धी पूर्वाधार निर्माण गर्न उक्त अभियान शुरु गरेको हो ।

कम्पनीले यसअघि सात वटै प्रदेश सरकारको कोभिड रोकथाम तथा उपचार कोषमा ५ लाखको दरले जम्मा ३५ लाख रुपैयाँ उपलब्ध गराईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री