बिहीबार, ६ वैशाख २०८१

वर्षा राउतको भिडियो भाइरल, भारतीय साथीहरुलाई अब के भन्ने ?

समयपोष्ट २०७७ जेठ ११ गते १०:३४

Advertisement

नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ ।
सामाजिक सञ्जालमा उनले नेपाल–भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप सार्वजनिक गरेकी छिन् ।

उनले भारत र नेपालका पत्रकारहरु मिलेर दुई देशबीचमा फाटो ल्याउने काम गरिरहेको भन्दै भिडियोमा भनेकी छिन्, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन्’

अभिनेत्री भिडियो क्लीपमा भारतीय साथीहरुलाई अब के भन्ने भइरहेको समेत उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ ।’

अभिनेत्री राउतको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ । सामाजिक सञ्जालमा बलिउडकी स्टार अभिनेत्री मनिषा कोइरालासँग वर्षा राउतलाई जोडेर आलोचना भइरहेको छ ।

२५ वर्ष बलिउडमा बिताएकी मनिषा कोइरालालाई आफ्ना प्रशंसक, साथीभाइको चिन्ता नहुने तर नेपाली अभिनेत्रीलाई भारतीय साथीहरुको चिन्ता भएको भन्दै वर्षामाथि सामाजिक सञ्जाल प्रयोगकर्ता खनिएका छन् ।

Barsha Raut Viral Video || Kalapani||Lipulekh||Limpiyadhura|| Nepal VS India Fight||

?भारतले मिचेको भुमी नेपालले मेरै हो भन्न मिल्दैन – नायिका बर्षा राउत !?यहाँ नेपालकी एउटी नायिका लाई देश को भुमी भारतले मिचेकोमा पिर होइन कि आफ्ना भारतमा भएका भारतीय फ्यान घट्ने कुरा मा पिर परेको मानसय ब्यत्त गरेकी रहेछीन। तर मनिसा कोईरालाका Fans,Friends थिएनन होला र उहा ले त बोल्नु भयो नि हैन र? तर बर्षा लाई Indian Friends सँग कसरी डिफेन्स गर्ने रे?म बर्षा लाई के भन्न चाहन्छु भने देश बच्यो भने मात्र अस्तितो रहने हो, बाँकी आँफै बुज्नु हुने छ ।?देशका पत्रकारहरुले यसलाइ झगडा बनाउदा मैले मेरा भारतीय साथिहरुसंग कसरी फेस् गर्न र भारतीय मेरा साथीले मसंग कसरी फेस् गर्ने के ?#Like #share #CommentPlease Like Our Page??सिधा कुरा जनतासँग । Sidha Kura Janata Sangaनेपाली नायिका बर्षा राउतले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसंग नेपालले टक्कर लिदाँ आफुलाई अप्ठायारो भएको प्रतिक्रिया दिएकी छिन् । उनले एक भिडियो जारी गर्दै यस्तो विवादीत प्रतिक्रया दिएकी हुन । उनले नेपाल भारतका पत्रकारले भूमीको विषयलाई लिएर पचारप्रशार गर्दा समस्या भएको बताएकी छिन् । उनले भूमिको समस्या दुइ देशको राजनीतिको विषय भएकाले नेपाल र भारत सरकारले समाधान गर्नु पर्ने सुझाव दिएकी छन् । वर्षाले दुइ देशका पत्रकारहरुले भूमीको विषयलाइ लिएर गरिएको बहसले उनलाइ समस्या भएको बताएकी छन्।उनले भनेकी छिन् – भुमिको विषयमा नेपालले मेरै भुमी भन्नेर झगडा गर्नुभन्दा पनि नेपाल र भारत सरकारले समाधान गर्नु पर्छ, दुइ देशका पत्रकारहरुले यसलाइ झगडा बनाउदा मैले मेरा भारतीय साथिहरुसंग कसरी फेस् गर्न र भारतीय मेरा साथीले मसंग कसरी फेस् गर्ने के ?#Sidhakurajanatasanga#Sidha_Kura_Janata_Sanga#kalapani #lipulekh #limpiyadhura#Barsha_Raut#Barsha_Raut_Viral_Videosource:- सामाजिक संजाल

Posted by सिधा कुरा जनतासँग । Sidha Kura Janata Sanga on Saturday, 23 May 2020

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री