बिहीबार, १३ वैशाख २०८१

भारतीय मिडियाको निशानामा मनिषा कोईराला

समयपोष्ट २०७७ जेठ ८ गते ७:१३

Advertisement

बलिउड इन्डष्ट्रीमा लामो समयदेखि योगदान दिँदै आएकी नेपालीमूलकी नायिका मनिषा कोइरालाको भारतीय मिडियाले खेदो खनेको छ। अहिले भारतीय मिडियाहरुले मनिषा कोइरालाको एउटा ट्वीटको विषयमा खेदो खन्न थालेको हो।

दुई दिनअघि नेपालले नयाँ नक्सा पारित गरेको विषयमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेको ट्वीटलाई मनिषाले रि–ट्विट गरेकी थिइन्। त्यहीँ विषयमा भारतीय मिडियाहरुले उनीमाथि खैरो खन्न थालेको छ।

मनिषाले रिट्वीट गर्दै लेखेको विषयलाई अनावश्यच रुपमा भारतीय मिडियाले उछालिरहेको छ। उनले रिट्वीटमा लेखेकी छन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद। अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं।’ यसपछि भारतीय मिडियालाई ‘के निहुँ पाऊँ कनिका बोकाऊँँ’झैं भएको छ, जसको कारण उनीमाथि त्यहीँ ट्वीटको विषयलाई लिएर नानाथरी आलोचना गरिएको छ। भारतीय टेलिभिजन च्यानल एबीपीले तल्लोस्तरमै उत्रेर सनसनी मच्चाउन खोजिरहेको छ। एबीपीले मनिषालाई चीनपरस्तको फतुरसमेत लगाएको छ।

मनिषाको ट्वीटको विषयमा भारतका सर्वसाधारणले पनि अनेकन टीकाटिप्पणी गरेका छन्। उनीहरुले मनिषालाई सीमाबारे बोलेको विषयमा मुख बन्द गराउन अनेकन कुतर्कको सहारा लिएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री