बुधबार, १२ वैशाख २०८१

बागबजारमा भेटिएका कोरोना संक्रमित एक साताअघि काठमाडौँ आएको खुुलासा, घरबेटीले टेष्टको रिपोर्ट मागेपछि पुुगेका थिए टेकु

समयपोष्ट २०७७ जेठ ६ गते २०:०७

Advertisement

काठमाडौँको बागबजारमा पनि एक जनामा कोरोना संक्रमण भेटिएको छ ।

मंगलबार काठमाडौँमा पुष्टि भएका तीन मध्य एक जना बागबजारका छापाखाना सञ्चालक रहेको खुुलासा भएको छ । उनी बागबजारको होटल हार्दिक अगाडी मुद्रण ब्यवसाय सञ्चालन गरेर बस्ने ब्यवसायि रहेको बताईएको छ ।

उनी धादिंगको थाक्रे गाउँपालिका ६ जुुगेखोलाका स्थानिय बासिन्दा भएको बताईएको छ। उनी लकडाउन अघि चैत्र ११ गते घर गएको र वैशाख २८ गते काठमाडौँ फर्किएको बताईएको छ । उनी बस्ने घरका घरबेटीले कोरोना जाँचको प्रमाण मागेपछि उनी टेष्टको लागि टेकुु पुुगेको बताईएको छ । टेष्टको नतिजा पोजेटिभ आएपछि उनी अस्पताल भर्ना भएका छन् । उनी एक साताअघि काठमाडौँ आएको बताईएको छ । हाल बागबजार क्षेत्र सिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री