शनिबार, ८ वैशाख २०८१

मानिसमा गरिएको कोरोनाविरुद्धको खोपको परीक्षण सफल

समयपोष्ट २०७७ जेठ ६ गते १६:५६

Advertisement

कोरोना भाइरसको खोपको मानिसमा गरिएको परीक्षण सफल भएको दाबी एक अमेरिकी कम्पनीले गरेको छ ।

अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले सबैभन्दा पहिला परीक्षण गरिएका आठ जना मानिसमा कोरोना भाइरसलाई मार्न सक्ने एन्टिबडी विकास भएको पाइएको बताएको छ ।

कम्पनीले अनुसन्धानमा सहभागी मानिसमा प्रतिरक्षा प्रतिक्रिया वास्तविकरुपमा कोभिड–१९ बाट संक्रमित मानिस बराबर पाइएको थियो ।वास्तवमा नै यो खोप कोरोना भाइरसको संक्रमण रोक्न फलदायी हुने वा नहुने भन्ने सुनिश्चित गर्न अझै धेरै मानिसहरुमा आगामी जुलाई महिनामा यसको परीक्षण हुने अपेक्षा छ । अहिले विश्वभर कोरोना भाइरसको खोप निर्माणको काम अभूतपूर्व गतिमा भइरहेको छ । अहिले विश्वभरका ८० समूह कोरोना भाइरसको खोप निर्माणको लागि काम गरिरहेका छन् ।

खोप तयार भएपछि अधिकांश मानिसको प्रतिरक्षा प्रणालीलाई कोेरोना भाइरससँग लड्न सक्ने बनाउन सकिने अपेक्षा छ । जसको कारण कोरोना भाइरसको कारण मानिस बिरामी पर्दैैनन् । साथै लकडाउनलाई पनि सुरक्षितरुपमा हटाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री