बिहीबार, १५ चैत २०८०

बैंक तथा वित्तीय संस्थाका कार्यालय भोलिदेखि बन्द

समयपोष्ट २०७७ वैशाख ३१ गते १९:४०

Advertisement

बैंक तथा वित्तीय संस्थाका कार्यालय फेरि बन्द हुने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएसंगै बिहीबारदेखि बैंक तथा वित्तीय संस्थाका कार्यालय बन्द हुँने भएका हुन् ।

आइतबारदेखि बैंकहरुले सबै शाखा कार्यालय खोलेर सेवा दिन थालेका थिए । बैंकका कारण पनि सडकमा भीडभाड बढेको गुनासो आएपछि राष्ट्र बैंकले सबै शाखा कार्यालयहरु नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । सिमित शाखाहरु खोल्नका लागि राष्ट्र बैंकले बुधबार बैंकहरुलाई केही पास वितरण गरेको छ ।

पास लिएर मात्रै बैंकका कर्मचारीहरु आवातजावत गर्न पाउने छन् । राष्ट्र बैंकले २७ वाणिज्य बैंकहरुलाई २० वटाका दरले पास वितरण गरेको छ भने विकास बैंकहरुलाई १० वटाका दरले पास दिएको छ ।

यसैगरी फाइनान्स कम्पनीहरुलाई ८ वटा र लघुवित्त वित्तीय संस्थाहरुलाई प्रति संस्था ५ वटाका दरले पास वितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री