शुक्रबार, ७ वैशाख २०८१

सनराइज बैंकको खुद नाफा घट्याे

समयपोष्ट २०७७ वैशाख ३१ गते १२:४२

Advertisement

सनराइज बैंकको खुद नाफा घटेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ९३ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । गत बर्षको सोही अवधिमा बैंकले १ अर्ब २२ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको सञ्चालन मुनाफा पनि ४१ करोड ९१ लाख रुपैयाँले घटेर १ अर्ब ३३ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको यसै अवधीमा बैंकले १ अर्ब ७५ करोड ३७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।

सो अवधिसम्ममा बैंकले ८६ अर्ब ३५ करोड निक्षेप सङ्कलन गरी ८० अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यसबापत बैंकले २ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३५ करोड ६ लाख रुपैयाँ बढी हो।

चुक्ता पूँजी ८ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ५३ करोड ९३ लाख रुपैयाँ र शेयरधनी कोषमा १२ अर्ब ७३ करोड ३१ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिमा बैंकको निष्क्रिय कर्जा १.३७ प्रतिशतबाट घटेर १.३२ प्रतिशत कायम भएको छ। यस्तै बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९१ पैसा, प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी अनुपात १६.७६ गुणा छ।

बैंकको निष्क्रिय कर्जा १.३७ प्रतिशतबाट घटेर १.३२ प्रतिशत पुगेको छ। चैत मसान्तसम्ममा बैंकको बेस रेट १०.०२ प्रतिशत रहेको छ भने स्प्रेड रेट ४.८६ प्रतिशत रहेको छ। गत आवको यसै अवधिमा बैंकको बेस रेट १०.४३ प्रतिशत र स्प्रेड ४.३७ प्रतिशत रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री