बुधबार, १२ वैशाख २०८१

रुसको अस्पतालमा आगलागी, आइसीयूमा उपचाररत ५ कोरोनासंक्रमितको मृत्यु

समयपोष्ट २०७७ वैशाख ३० गते १४:३३

Advertisement

रुसको सेन्ट पिटर्सबर्ग अस्पतालमा आगलागी भएको छ। आगलागीमा आइसीयूमा उपचाररत ५ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको रुसका समाचार एजेन्सीहरुले जनाएका छन् ।

रुसका समाचार एजेन्सीहरुका अनुसार भेन्टिलेटरमा सर्टसर्किट भएर आगलागी सुरु भएको थियो ।

अहिले आगलागीमाथि नियन्त्रण कायम गरिएको छ भने अस्पतालबाट १५० जनाको उद्धार गरिएको छ । घटनामा कति जना घाइते छन् भन्ने खुलाइएको छैन । मृत्यु भएका सबै बिरामी भेन्टिलेटरमा रहेको बताइएको छ ।

‘सबै भेन्टिलेटर आफ्नो पूर्ण क्षमतामा काम गरिरहेका छन् । सुरुवाती संकेत अनुसार त्यसमध्ये एक ओभरलोड भयो र आगलागी सुरु भयो,’ सेन्ट पिटर्सबर्गका आपत्कालिन विभागका एक स्रोतले इन्टरफ्याक्स न्युज एजेन्सीलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री