बिहीबार, १३ वैशाख २०८१

राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक नियुक्ति नियम विपरित भन्दै सच्याउन माग

समयपोष्ट २०७७ वैशाख २८ गते २१:५१

Advertisement

सरकारले स्वास्थ्य सेवा ऐनको भावना विपरीत भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक नियुक्त गरेको भन्दै सरकारी चिकित्सक संघले आपत्ति जनाएको छ ।

आईतवार संघले एक विज्ञप्ती जारी गर्दै मानवअङ्ग प्रत्यारोपण विकास समिति गठन आदेश (२०६८) मा भएको व्यवस्था विपरित केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा. प्रेमराज ज्ञवालीलाई नियुक्ति गरिएको भन्दै बिरोध जनाएको हो ।

संघले जारी गरेको विज्ञप्तीमा मानव अङ्ग प्रत्यारोपण विकास समिति गठन आदेश (२०६८) मा भएको व्यवस्थाअनुसार कार्यकारी निर्देशक नियुक्ती गर्दा नेपाल सरकार स्वास्थ्य सेवाको हुनपर्ने सोही अनुसार नै हुँदै आरहेको तर हाल
सो गठन आदेशमा भएको व्यवस्था विपरित नेपाल सरकार स्वास्थ्य सेवा भन्दा बाहिरको व्यक्तिलाई कार्यकारी निर्देशकमा नियुक्ती दिइएको उल्लेख छ ।

बिज्ञप्तीमा नेपाल सरकार स्वास्थ सेवाका चिकित्सकहरु झन् दुरुत्साहित भएको भन्दै नियम विपरित नियुक्तिलाई तत्काल सच्याउन सरकारसमक्ष माग समेत गरेको छ ।

स्वास्थ्य मन्त्रीको अर्को विवादास्पद काम, राष्ट्रिय प्रत्यारोपण केन्द्रमा स्वास्थ्य सेवा बाहिरबाट निर्देशक नियुक्ति

प्रतिक्रिया

सम्बन्धित सामाग्री