मंगलबार, ११ वैशाख २०८१

कोरोनाको उपचार गर्न बनाईएको औषधी आफैमाथि परिक्षण गर्दा चिकित्सकको गयो ज्यान

समयपोष्ट २०७७ वैशाख २८ गते ९:१०

Advertisement

भारतको चेन्नईमा कोरोनाभाइरसको उपचारका लागि बनाइएको औषधीको परीक्षण गरिरहेका एक डाक्टरको मृत्यु भएको छ ।

भारतीय मिडिया आजतकका अनुसार चेन्नईको पेरुंगुडीमा बस्ने शिवनेसन, एक आयुर्वेदिक उत्पादन कम्पनीका साथै फार्मासिस्ट र प्रोडक्सन म्यानेजरको रुपमा काम गरिरहेका थिए । उक्त कम्पनी खोकीको औषधीका लागि चर्चित थियो । स्रोतका अनुसार कोरोनाभाइरससँग जुध्न शिवनेसन र उनका बोस राजकुमार एउटा औषधीको खोजी गरिरहेका थिए । उनले कोरोनाका लागि जुन औषधी बनाए, त्यसलाई आफूमाथि नै परीक्षण गर्न थाले ।

राजकुमारले त्यो औषधीको केही थोपा मात्रै पिए भने शिवसेननले धेरै नै पिएका थिए ।औषधी सेवन गर्नेबित्तिकै यी दुई बेहोस भए । उनीहरुलाई नजिकैको अस्पताल पुर्याइयो । शिवनेसनको अस्पतालमा मृत्यु भयो जबकी राजकुमारको स्थिती स्थिर बताइएको छ र उनको उपचार चलिरहेको छ । यसबारे पुलिसले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री