शुक्रबार, १६ चैत २०८०

य़ुनाइटेड सिमेन्ट्सद्वारा राहत स्वरूप खाद्य सामग्री वितरण

समयपोष्ट २०७७ वैशाख २४ गते १३:३८

Advertisement

केएल दुगड समूह अन्तर्गतको संस्था य़ुनाइटेड सिमेन्ट्स प्रालिले गोदावरी नगरपालिका तथा धुनिवेसी नगरपालिका विभिन्न स्थानमा राहत सामग्री वितरण गरेको छ ।

विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)रोगको जोखिमबाट बच्न अबलम्बन गरिएको लक् डाउनका कारण विभिन्न स्थानमा निम्न आय श्रोत भएका मानिसहरु तथा दैनिक मजदुरी गरि जीविकोपार्जन गर्नुपर्ने बाध्यता भएका नागरिकहरुलाई य़ुनाइटेड सिमेन्ट्सले खाद्य सामाग्री वितरण गरेको हो ।

पुरा विश्व नै आक्रान्त रहेको अवस्थामा आफ्नै देशको जनतालाई केहि हद सम्म भएपनि यो राहतले उनीहरुको घाउमा मलहम लगाउने काम गरेको उद्योगको ठम्याई रहेको छ ।
यस किसिमको सामाजिक दायित्वको काम विगतमा पनि यो संस्थाले गरेको र भविष्यमा पनि आवस्यकता अनुसार गरिरहने प्रतिबद्ध्ता ब्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री