शुक्रबार, १६ चैत २०८०

नेपाल लाइफ २० औं वर्षमा

समयपोष्ट २०७७ वैशाख २१ गते १७:२२

Advertisement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । बार्षिकत्सवको अवसरमा कम्पनीले ८ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको नगद, खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु सहयोग प्रदान गरेको छ ।

उक्त रकमले सातै प्रदेशका विभिन्न स्थानहरुमा रहेका अनाथ, महिला तथा बृद्ध–बृद्धालाई राहत प्रदान गरेको कम्पनीले जनाएको छ । जस अन्तर्गत प्रदेश नं. १ मा प्रदेश सरकारले स्थापना गरेको ‘प्रदेश नं. १ कारोना जनसुरक्षा कोष’ मा रु. १ लाख २१ हजार रकम प्रदान गरेको छ । त्यसैगरी प्रदेश नं. २ भित्र रहेका विभिन्न अनाथाश्रम, महिला आश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न, अत्यावश्य वस्तुहरु, लत्ता कपडा, पानी ट्यांकी, पंखा, इन्भटर लगायत सहयोग गरेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशमा सम्बन्धित प्रदेश भित्र रहेको विभिन्न अनाथाश्रम तथा बृद्धाश्रमहरुमा खाद्यान्न तथा अत्यावश्यक वस्तुहरु प्रदान गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका सम्बन्धित प्रदेशका क्षेत्रीय प्रमुखको नेतृत्वमा कर्मचारीहरुले उक्त सहयोग गरेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

कम्पनीले यस अघि नै कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. १ (एक) करोड रकम योगदान गरिसकेको छ ।

२० औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत विवेक झाले बीमा समिति, बीमित, शेयरधनी, सञ्चालक समिति, नियमनकारी निकाय लगायत कर्मचारी, अभिकर्ता तथा सरोकारवालाहरुलाई हार्दिक कृतज्ञताका साथै धन्यवाद व्यक्त गर्नु भयो । साथै यस अवसरमा सम्पूर्ण कर्मचारी तथा अभिकर्ताहरुले बीमा क्षेत्रमा नेपाल लाइफको माध्यमबाट पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै धन्यवाद दिनुका साथै बधाई ज्ञापन गर्नु भयो । हाल कोरोना भाइरस (कोभिड–१९) का कारण सम्पूर्ण विश्व नै आक्रान्त भइरहेको अवस्थामा सबैलाई धैर्य धारण गर्दै आफु, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्दै आवश्यक जीवनशैली अपनाउन आग्रह गर्नु भयो । रातपछि सधैं नयाँ विहानी आउने हुनाले अहिलेको चुनौतीपूर्ण अवस्थाबाट पनि मानव जीवनले धैर्यताका साथ एकजुट भै अगाडि बढेमा विजय प्राप्त गर्ने कुरामा सबै विश्वस्त हुनु पर्ने विचार राख्नु भयो ।
सञ्चालक समितिका तर्फबाट नेपाल लाइफका अध्यक्ष गोविन्द संघईले सबैलाई धन्यवाद दिनुका साथै आगामी दिनमा सबैको सहयोग, सद्भाव र मार्गदर्शनको निरन्तरताको अपेक्षा गर्नुभयो । यस विषम परिस्थितिमा सबैको सु–स्वास्थ्य र सुरक्षाको कामना पनि गर्नुभयो ।

समयसापेक्ष नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आइरहेको छ । नेपाल लाइफको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेण्ट सिष्टम तथा डिजिटल वालेट बाट कुनै पनि ठाउँबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु इ सेवा,खल्ती ,कनेक्ट आइपिएस तथा प्रभु पेबाट अनलाईन भुक्तानी भइरहेको छ । त्यस्तै फोन पे मार्फत बैंक खाता कनेक्ट गरी नेपाल इनभेष्टमेण्ट बैंकको इन्टर्नेट बैंकिंग लगायतका मार्फत अनलाईन भुक्तानीको सेवा प्रदान गरिरहेको छ ।

हाल नेपाल लाइफले जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको छ । २० वर्ष प्रवेश गर्दा नेपाल लाइफको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्ब ५० करोड रहेको छ भने लगानी रू. ८६ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ८२ अर्ब रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ६० करोडभन्दा बढी रहेको छ । १ लाख ५४ हजार ५ सय ६ जना प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेशमा गरी २७ लाख ३६ हजार ३ सय ११ व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् ।

वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई यस कम्पनीले बीमित, सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री