बुधबार, १२ वैशाख २०८१

प्रमुख निर्वाचन आयुक्त र सर्वोच्चमा नियुक्त

समयपोष्ट २०७६ वैशाख ६ गते १८:२७


राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिशमा दिनेशकुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Advertisement

यसैगरी राष्ट्रपतिले सोही संविधानको धारा २५८ को उपधारा (२) अनुसार संवैधानिक परिषद्को सिफारिशमा विष्णुमाया ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा नियुक्त गरेको छ । शुक्रबार नै सोही संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिशमा सर्वोच्च अदालतको न्यायाधीशमा उनले पाँच जनालाई नियुक्त गरेका छन् ।

राष्ट्रपतिले धनुषाका प्रकाशकुमार ढुङ्गाना, काठमाडौँका सुष्मलता माथेमा, झापाका कुमार रेग्मी, मोरङका हरिप्रसाद फुयाँल र काठमाडौँका मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री